उर्जामन्त्री बर्षमान र कर्णाली प्रदेशका मुख्यमन्त्री सहभागी कार्यक्रममा बम विष्फोट

सोमबार, १६ मंसिर २०७६

कालिकोट – कालिकोटकाे शान्तीघाटमा फुकोड कर्णाली हाइड्राेको अनुगमनका लागि आउनु भएका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी २ वटा  बम विष्फोट भएको छ ।

कार्यक्रम स्थल नजिकै बम बिष्फोट भएकाले स्थानियबासी भने त्रसित भएका छन् ।  बम विष्फोटमा मानवीय क्षति भने भएको छैन ।

बम विष्फोट विप्लप नेकपाका कार्यकर्ताले गरेको हुन् सक्ने प्रहरीले जनाएको छ ।

कार्यक्रममा उर्जामन्त्री बर्षमान पुन, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, माननीय दुर्ग बहादुर रावत, प्रदेश माननीय कुमराज शाही, जिल्ला पार्टी अध्यक्ष धनजित शाही र सचिव नेशनल शाही लगायत स्थानीय तहका प्रमुख उपप्रमुख लगायत स्थानीयको सहगागिता रहेको थियो ।