मालपोत कार्यलय हातभित्रै जुवाको खाल
कालिकोट – कालिकोट जिल्लाको सदरमुकाम मान्मा बजारको बीचमा छ जिल्ला मालपोत कार्यालय कालिकोट । त्यससंगै टासिँएको छ नापी कार्यालय । कार्यलयमा सेवाग्राहीको भिड छ तर कर्मचारी छैनन् । कार्यलयका कर्मचारीलाई खोजि गर्दा कार्यलय परिषरकै एउटा कुनामा तास खेलिरहेका भेटिए ।
मालपोत कार्यालयका कर्मचारी भक्त बहादुर शाही, नापी कार्यालयका कर्मचारी रंग बहादुर बुढा र मालपोत कार्यालयकै अर्का कम्प्युटर अभरेटर बिरेन्द्र बहादुर शाहीलगायतका सरकारी कर्मचारीहरुको समुहले कार्यालयकै हाताभित्र जुवा खेलेको भेटिएको हो ।
जुवा खेलिरहेका कर्मचारीहरुले मनोरञ्जनका लागि खेलेको प्रतिक्रिया दिएका छन् । यद्यपि उनीहरुले राम्रो रकम राखेर जुवा खेलको देखिएको छ । कार्यालयको हाताभित्रै खेल्दै गरेको स्थानियहरुले सुचना दिएपछि पत्रकारको टोली त्यहाँ पुगेको थियो । हाताभित्रै जुवा खेल्दै गरेको देखेपछि कार्यालय हाताभित्रै पसेर पत्रकारहरुले फोटोसमेत खिचेका थिए ।
यसरी दिनदाहाडै कार्यालयको हाताभित्रै किन जुवा खेल्नुभएको भन्ने पत्रकारको प्रश्नमा उनीहरुले मनोरञ्जनका लागि खेलेको प्रतिक्रिया दिएका थिए । उनीहरुले आफूले मनोरञ्जनका लागि तास खेलेको हो जे गरे गर्नुहोस् भनी पत्रकारलाई जवाफ दिएका थिए । उनीहरुले एक सयको दाउमा ओपना फलास खेलिरहेका थिए ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले कार्यालय हाताभित्र जुवा खेल्ने जो कोहीलाई कारवाही हुने बताए । उनले भने, ‘मनोरञ्जनको लागि खेलेपनि कार्यालयको परिसरमा यसरी पैसानै राखेर जुवा खेल्न मिल्दैन । उहीहरुलाई थप अनुसन्धान गरि कारवाही गरिन्छ ।’
