सन्दीप लामिछानेले काठमाडौं किंग्सबाट ईपीएल खेल्ने
काठमाडौँ -काठमाडौंमा आुगामी चैत १ देखि हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सन्दीप लामिछानेले काठमाडौं किंग्सबाट खेल्ने भएका छन् । सन्दीपले काठमाडौं किंग्सबाट क्रिकेट खेल्ने पक्रका गरेका एभरेष्ट प्रिमियर लिग आयोजकले ट्विटरमार्फत जानकारी गराएको छ ।
प्रशिक्षक विनोद दासले काठमाडौं किंग्सका लागि खेलाडी छनोट गरिरहेको एभरेस्ट प्रिमियर लिगले जनाएको छ ।
गत सिजन सन्दीपले ललितपुर प्याट्रियोट्सबाट ईपीएल खेलेका थिए । दुई खेल खेलेका उनले ३ विकेट लिएका थिए ।