मानिसको जीवनमा निराशा विषसमान किन हुन्छ त ?
काठमाडौैं– हाम्रो शरीरको प्रत्येक अणु एक पावर स्टेशन हो । यस पावर स्टेशनको तार मस्तिष्कसँग जोडिएको छ । यसैकारण मनको दायरामा आएको क्रोध, ईश्र्या, घृणाको सानो– सानो भाव पनि तुरुन्तै शरीरको अणु–अणुमा प्रकट हुन थाल्छ ।
मन प्रसन्न हुँदा शरीरका प्रत्येक अणु प्रसन्न हुन्छ र दुःखी हुँदा सबै अणु दुःखी हुन्छ । यस तथ्यको लागि कुनै प्रकारको प्रमाणको आवश्यकता हुँदैन । मनको प्रसन्नता, उत्साह र आशाले हाम्रो कार्यक्षमता वृद्धि गर्दछ । यसप्रकार हाम्रो शरीरको अणु– अणु मनद्वारा प्रभावित हुन्छन् ।
डाक्टरहरुको मतानुसार मानिसको शरीरमा कतिपय रोग निराशाको कारणले जन्म हुन्छ निराश व्यक्ति बिरामी भएपछि छिट्टै निको हुन सक्दैन । उसलाई स्वस्थ हुनको लागि समय लाग्छ । केही मानिस मानसिक आघातको कारणले पनि कमजोर बन्दै जान्छन् । मानिसको मस्तिष्कको दुषित भावनाबाट शरीरमा एक प्रकारको विष फैलन्छ ।
यही विषले प्रतिक्रियास्वरुप मानिसको स्वास्थ्यमा प्रभावित पार्दछ । मानिसको रगतमा मनोभावको कारणले विभिन्न प्रकारको जीवाणु देखा पर्दछन् । मानिस स्वस्थ र प्रसन्न रहनाले मात्र ऊ स्वस्थ रहन सक्छ । दुषित भावनाको कारण मानिसको शरीरको बल, कर्मठता, साहस समाप्त हुन्छ । कुनै पनि व्यक्तिका लागि निराशाा विषसमान हो ।
यस्तो मानिस सँधै बिरामी हुन्छ । बिस्तारै उसको शरीर दुर्बल हुँदै जान्छ । मानिसको शोकको प्रभाव उसको मस्तिष्कमा मात्र नभएर उसको समस्त शरीरमा पर्दछ । यसको विपरीत प्रसन्नतापूर्ण समाचारले हामी हर्षित हुन्छौं । हाम्रो अनुहारमा चमकता आउँछ । तब हामीलाई सबै कुरा राम्रो लाग्न थाल्छ । हामीमा सकारात्मक सोचको विकास हुन्छ ।