हुन्डाई ईलेक्ट्रीकले राख्यो गिनिज वर्ल्ड रेकर्डस
काठमाडौं – हुन्डाईको ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो ।
यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो । कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको कम्पनीले जनाएको छ ।
ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फर्मेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको निर्माता कम्पनीको दाबी छ ।
गिनिज वल्र्ड रेकर्डसका एड्जुडिकेटर, ऋषी नाथले भने सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई म हार्दिक बधाई दिन चाहन्छु । यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै किर्तीमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ ।
यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभी सरह प्रदर्शन गरेको थियो ।
कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्फर्मेन्सको बेजोड समिश्रण रहेको यो ग्रीन कार एउटा सच्चा प्रदर्शक हो र सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो ।
यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्फर्मेन्समा कुनै समस्या देखा परेको थिएन ।
शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लिमेन्ट गरेको थियो । यस सफलताले कोना इभी को पावरफुल पर्फमेन्सलाई चरितार्थ गरेको छ र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्फर्मेन्स दिर्ने सुनिश्चितता प्रदान गरेको छ ।