नायिका पुजा शर्मा राइटपाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर

बिहिबार, ९ माघ २०७६

चितवन – नायिका पूजा शर्मा राइट पाथ करियर काउन्सेलिङ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । उनी राइट पाथको ५ वर्षको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी हुन् ।

राइट पाथको चितवनमा स्थित लायन्सचोकमा रहेको चितवन शाखामा चेक हस्तान्तरण गर्दै ब्राण्ड एम्बेसडर भएको घोषणा गरिएको थियो । राइट पाथसँग आफूलाई आवद्द गराउन पाउँदा निकै खुशी लागेको भन्दै पुजा शर्माले आफूसँगै जोडिएको राईट पाथको उन्नतिका लागि आफूले पनि योगदान गर्ने बताईन ।

पछिल्लो समय फिल्ममा ब्यस्त रहेकी हिट नायिका शर्माले पहिलो पटक कन्सल्टेन्सीमा आफूलाइ आबद्ध गरेकी हुन् । पूजा शर्मालाई राइट पाथ परिवारको सदस्य बनाउन पाउदा खुसि लागेको राइट पाथ करिअर काउन्सेलिङका प्रबन्धनिर्देशक फिलिप डिसीले बताए ।

ब्राण्ड एम्बेसडरको खुशीयाली साटासाटमा राइट पाथको मुख्य कार्यालय पुतलिसडक काठमाडौंमा पनि भब्य कार्यक्रम गरिने डिसिले बताए । विगत ३ वर्ष देखि संचालनमा आएको यस संस्थाका देशभर ४ वटा र देशबाहिर लण्डनमा एक शाखा रहेको छ ।

यतिबेला यो कन्सल्टेन्सीले यु के, क्यानडा लगायतको भिषा सफलताको कारण बैदेशिक शिक्षाको परामर्शका लागि उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ । राइट पाथ मार्फत क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायत युरोपको विभिन्न देशमा अध्ययनको लागि जानचाहाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।