भारतीय बीमा कम्पनीको नेपालमा लुट, बीमा समितिलाई झुक्याएर ठगी
काठमाडौं – भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी नेपाल) ले नेपाली बजारमा लुट मच्चाएर नेपालको पुँजी भारत लगेको पाइएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा नेपालबाट तलब र भक्त मात्र गरेर १४ करोड भन्दा बढि रुपैयाँ नेपालको एलआइसी नेपालबाट भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशनको खातामा जम्मा गरेको पाइएको छ । नेपाली बजारमा ब्यापार गर्न भनेर खुलेको एलआइसी नेपालले बोर्ड सदस्य तथा माथिल्लो तहका सबै कर्मचारी भारतबाट ल्याएर नेपालको पुँजी भारत लगेको हो ।
नेपालमा काम गर्ने कर्मचारीहरुलाई नेपालको कम्पनीले नेपालमै भएका बैंक मार्फत सम्बन्धीत ब्यक्तिको खातामा तलव भत्ता जम्मा गर्नुपर्नेमा एलआइसीले भारतीय कम्पनीको खातामा जम्मा गरे पछि शंका उत्पन्न भएको छ ।
कतै उताबाट आएका कर्मचारीहरुले तोके अनुसारको तलव पाउँदैनन् की भन्ने संंका गर्न थालिएको छ ।
एलआइसीको २०७४/७५ को लेखापरिक्षण प्रतिवेदनमा लाज पचाएरै माथिल्लो तहका कर्मचारीहरु भारतीय कम्पनीको कर्मचारी भएको र उनीहरुको तलब सम्बन्धीत कम्पनीको खातामा जम्मा गरिदिएको बताइएको छ । यस विषयमा बीमा समितिले पनि प्रश्न उठाएको छ ।
कम्पनीका तत्कालिन अध्यक्ष भिके शर्मा, निर्देशक बि भेनुगोपाल, निर्देशक भिके कुक्रेजा, कम्पनीका तत्कालिन निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अबिजित घोस्त दस्तिदार, आइटि म्यानेजर सुधिर सागरले तलव र भक्ताको रुपमा पाएको रकम सिधै भारतीय कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशनको खातामा पठाइएको छ ।
एलआएसी भारतले तलव र भत्ता मात्र १४ करोड ५८ हजार ७ साय ६० रुपैयाँ देखावटी रुपमा लिएको छ । यो कम्पनीले आर्जेको नाफा नभइ माथिल्लो तहका भारतीय कर्मचारीले लिएको तलव मात्र हो ।
बिदेशी कर्मचारी राख्नु गैरकानुनी
बिदेशी लगानीमा नेपालमा खुलेका उद्योगहरुले माथिल्लो तहमा कर्मचारीको रुपमा राख्दा नेपालीहरुलाई प्राथमिकताका साथ राख्न पर्ने कानुनी प्रावधान छन् । ‘बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ ले कुनै पनि विदेशी लगानी रहेको उद्योगले नेपालमा कर्मचारी व्यवस्थापन गर्दा माथिल्लो तहमा नेपाली नागरिकहरुलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
ऐनको दफा १७ को उपदफा १ मा विदेशी लगानी भएको उद्योगमा विशेषज्ञ, उच्च प्राविधिक, व्यवस्थापकीय कर्मचारी वा प्राविधिक कर्मचारीको पुर्ति गर्दा नेपाली नागरिकबाट गरिनुपर्ने उल्लेख छ । उपदफा २ मा नेपालमा विशेषज्ञ कर्मचारी नपाइएको खण्डमा लगानीकर्ताले आफै व्यवस्था गर्न सक्ने पनि भनिएको छ ।
नेपालमा खुलेको एलआइसी नेपाल बिदेशी लगानी अन्तरगत नेपालमा खोलिएको हो । नेपालमा बैंक तथा विक्तिय क्षेत्रमा दख्खल राख्ने प्रसस्तै विशेषज्ञहरु हुँदा हुँदै भारतले जवरजस्त आफ्नै देशबाट कर्मचारी ल्याएर लुट मच्चाइरहेको छ । उसको लुट बारे बिमा समितिले पनि बारम्बार झकझक्याउने गरेको छ । तर एलआइसीले अटेरि गर्दै झुक्याएर मनपरि गरिरहेको छ ।
अडिट रिर्पोटमै प्रश्न
बिमा समितिले बारम्बार सचेत गराउँदा पनि एलआइसीले अटेरी गर्ने गरेको छ । समितिले विभिन्न विषयहरुमा सचेत गराउँदै आगामी दिनहरुका यस्ता कमजोरी नदो¥याउन पत्र पठाएको भए पनि यस्ता पत्रहरुको व्यवास्ता गर्दै एलआइसीले आफू खुशी काम गरिरहेको छ । यसको पछिल्लो उदाहारण हो । असार १७ गतेको पत्र ।
एलआइसीले आर्थिक बर्ष २०७४/७५ मा बीमा समितिमा पेश गरेको बित्तिय विवरणमा समितिले त्रुटि भेटेर सचेत गराएको छ । बुदागत रुपमा ६ ओटा सुझाव दिदै स्वीकृति दिएको बार्षिक प्रतिवेदनमा धेरै त्रुटिहरु भेटिएका थिए ।
बीमा कम्पनीले औल्याएका ति त्रुटिहरु नसच्याई एलआइसीले आफ्ना कामहरुलाई अगाडी बढाइरहेको छ । अडिट रिर्पोटमा भएका त्रुटिहरु र एलआइसी नेपालका कम्पनी सचिव बिनोद कुमार भुजेलले कम्पनी भित्र मच्चाएको काण्ड बारेको विशेष सामाग्री अर्को अंकमा ।
यो पनि पढ्नुहोस्


