नेपालमा कोरोना भाइरसबाट संक्रमित भएको अर्का बिरामी पनि भेटियो
काठमाडौँ -नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा २ जनामा यसको संक्रमण भएको भेटिएको हो । यसअघि गएको शुक्रबार एक जना व्यक्तिमा संक्रमण भएको पुष्टि भएको थियो ।
संक्रमण भएका दुवै जना चीनबाट नेपाल फर्केका हुन् ।
चीनबाट फर्कने क्रममा विमानस्थलबाटै आइतबार अस्पताल ल्याइएका २ जनामध्ये एक जनामा यसको संक्रमण भएको पुष्टि भएको हो । अस्पतालले भाइरसको संक्रमण भए नभएको बारे निष्कर्ष निकाल्न दुवै जनाको रगतको नमूना हङकङ पठाएको थियो ।
हङकङमा परीक्षणपश्चात एक जनामा यसको संक्रमण भएको भेटिएको पुष्टि भएको अस्पतालले जनाएको छ ।