प्रेरक प्रसंग : चोर पत्ता लगाउने तरिका

बिहिबार, १६ माघ २०७६

काठमाडौं – एक पटक एकजना मान्छेको घरमा चोरी भयोे । कसले र कसरी चोर्यो भन्ने कुरा पत्ता लगाउन सरकारी पक्षलाई धेरै गाह्रो भयो ।

चोर पता लगाउन निकै गाह्रो भएपछि पिडित व्यक्ति राजा कहाँ गएर याचना गरे । राजाले एक जना मन्त्रीलाई चोर पत्ता लगाउन जिम्मा दिए । मन्त्रीले एकदमै चलाख थिए । उनले जुक्ति लगाए ।

सबै चोरहरु र चोर बदमाशहरू जम्मा गरेर भने, ‘चोरको दाह्रीमा सिन्का छ है ।’ यो सुनेर जुन मान्छेले चोरी गरेको थियो उसले आफ्नो दाह्री छाम्यो । मन्त्रीले थाहा पाइहाले चोर यही हो ।

सत्यलाई लुकाउन जति गरेपनि लुक्दैन । एक चोटी त्यसको पर्दाफास भइहाल्छ ।