हस्त गर्वुजामगरको दम्पतिकै मृत्यु
ललितपुर–ललितपुरमा निसास्सिएर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) हस्त गर्वुजामगरको दम्पतिकै मृत्यु भएको छ ।
प्रहरीका अनुसार निस्सासिएर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री थापाका पीए हस्तसहित उनकी श्रीमती नेत्रकुमारी गर्वुजाको मृत्यु भएको हो ।
ललितपुरको तिखेदेवलस्थित क्लबमा बसेका उनीहरूको निसास्सिएर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । अक्सिजन कमीका कारण निसासिएर उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।