गोविन्द केसीविरुद्धको मुद्दा सर्वोच्चद्वारा खारेज

बिहिबार, २३ माघ २०७६

काठमाडौँ-डाक्टर गोविन्द केसीविरुद्ध दायर अदालतको अपहेलना सम्बन्धि मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम) डीनमा प्राध्यापक डा‍क्टर शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसीले फैसलाको आलोचना गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो ।न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको पूर्ण बृहत इजलाशले केसीविरुद्धको मुद्दा खारेज गरेको हो ।अदालतको आदेशविरुद्ध अनशन समेत बसेका केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत ‘माफियाको मतियार’का रुपमा काम गरेको भन्दै आलोचना गरेका थिए ।

केसीको अनशनस्दा सर्वोच्च प्रशासनले अपहेलना मुद्दा चलाएर अनशनस्थलबाटै पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि केसी साधरण तारेखमा रिहा भएका थिए ।