भारतीय बीमा कम्पनी एलआईसीमा संचालक समितिको ब्रमलुट, यसरी हुन्छ ‘मामाको धनमा फुपुको श्रद्दा’
काठमाडौं – भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी नेपाल)का संचालक समितिका सदस्यहरुले ब्रमलुट मच्चाएको पाइएको छ । संचालक समितिका सदस्यहरुले आर्थिक बर्ष २०७४/७५ मा भ्रमण खर्चका नाममा लुट मचाए छन ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०७४/७५ को बार्षिक लेखापरिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार संचालक समितिका सदस्यहरुले २१ लाख भन्दा बढि रुपैयाँ भ्रमणका नाममा खर्च गरेका छन् । संचालक समितिका तत्कालिन अध्यक्ष भिके शर्मा, वि भेनुगोपाल, भिके कुक्क्रेजा (तीनै जना एलआइसी भारतका कर्मचारी), अशोक कुमार अग्रवाल र कुमार केशव विस्टले एक बर्षमा २१ लाख ११ हजार १ सय ७ रुपैयाँ खर्च गरेका छन् ।
पाँच जना संचालक समिति सदस्यहरु मध्ये नेपालका तर्फबाट संचालक समिति बनेका विशाल ग्रुपका अशोक कुमार अग्रवाल र कुमार केशव विस्टले सबैभन्दा धेरै खर्च गरेको पाइएको छ । उनीहरुले विदेश भ्रमण गरेको भन्दै नक्कली विल बनाउँदै भुक्तानी लिएको पाइएको छ । मोटिभेट न्यूज डटकम सँग कुरा गर्दै कम्पनीका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा एलआइसी भित्र भ्रमणको नाममा ब्रमलुट मच्चाएको बताए । उनले हुँदै नभएको भ्रमणका नक्कली विल बनाएर पेश गरेको प्रमाण समेत मोटिभेटलाई उपलब्ध गराएका छन् ।
भारतीय सरकारी कम्पनी एलआईसीका कर्मचारी अन्य तीन जनालाई नेपाल आउँदा खान र बस्न कम्पनीलेनै व्यवस्या गरेकाले व्यक्तिको नाममा भुत्तानी नभएको ती कर्मचारीले बताए । २५ प्रतिशत जनताको लगानी रहेको एलआईसीमा संचालक समिति सदस्यहरुले ठूलो रकम खर्च गर्नु गैरकानुनी भएको सर्वोच्व अदालतका बरिष्ठ आधिबक्ता बोर्णबहादुर कार्कीको भनाई छ ।
यो पनि पढ्नुहोस्
