कविता : ‘म’ लाई ‘म’ बन्नु छ
म सोच्दै छु,
म कसरी बन्ने,
मलाई म बन्नु छ
आफ्नु परिचय बनाउनु छ
मसँग चुनौतीहरु छ्न
त्यो मेरो जिन्दगी हो,
म जे गर्दै छु
मेरा लागि गर्दै छु
यो भ्रम हो
म जे गर्न सक्छु
म बन्नका लागि गर्न सक्छु
तर म मेरा लागि हैन अरुका लागि बन्दै छु
म बन्नका लागि क्षमता, बौद्धिकता र दुरदर्शिता
अरुभन्दा फरक बनाउनु पर्छ
अनिमात्र म लाई म बनाउन सक्छु
मेरा भोगाइका पाटोहरु
र तिम्रा रोजाइका बाटोहरु अलग छ्न
सुखहरु मेरो हत्केलामा अट्दैनन
दुःख पीडा र संघर्ष मेरा रोजाइहरु हुन
किनकी मलाई म बन्नु छ
बा ले संघर्ष गर्दा खेतमा हलो भाँच्नुभयो
म भ्रष्टाचारीको ढाड भाँच्न संघर्ष गर्दै छु
बा ले परिवार चलाउन हलो भाँच्नु भो
म देश बचाउन भ्रष्टाचारीको ढाड भाँच्दै छु ,
किनकी मलाई म बन्नुछ
म मजदुर बने
जे पनि बने म बन्नका लागि बने
आमाले कहिल्यै सुखका सपनाहरू देख्नुभएन
यहि भोगाइ भित्रबाट मलाई म बन्नु छ
सपनामा नायक भएको कल्पन हैन
मलाई त बिपनामै म बन्नु छ
सामन्तीहरु खुलेआम हिँडिरहँदा
म भुमिगत भएको थिएँ
दलाल र भ्रष्टाचारीहरुले गगनचुम्मी महल बनाईराख्दा
म चुहिने छानोबाटै संघर्ष गरिरहेको छु
किनकी मलाई म बन्नु छ
क्रान्तिकारी बन्नु छ ।