थप २ जना कोरोना संक्रमित उपचार पछि घर फर्किए

बुधबार, ३१ बैशाख २०७७

काठमाडौं – मंगलबार थप २ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुटवल र चितवन उपचाररत २ जना डिस्चार्ज भएका हुन ।

बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा रहेका २५ वर्षीय पुरुष ११ औँ दिनमा उपचारपछि घर फर्किएका हुन भने चितवनमा ६३ वर्षीया महिला २६ औँ दिनमा डिस्चार्ज भएकी हुन ।

योसँगै नेपालमा कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ