थप ५ जना कोरोना स्रक्रमित भेटिए, संक्रमितको संख्या २५० पुग्यो

बिहिबार, १ जेष्ठ २०७७

काठमाडौं – नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जना कोरोना संक्रमित पुष्टि भएको हो । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ ।

सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २र२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । बिहीबार (बुधबार) बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।