अर्घाखाँची सिमेन्टबाट सगुन लिएर रुपन्देहीका सिडियो गुण्डागर्दीमा
बुटवल – रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई भ्रष्टाचारको आरोप लागेको छ । उनले अर्घाखाँची सिमेन्टसँग घुस लिएर सिमेन्टको पक्षमा काम गर्ने गरेको स्थानियले आरोप लगाउका छन ।
अर्घाखाँची सिमेन्टले कोरोना भाईरस (कोभिड–१९) को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै स्थानियहरुले विरोध गरेपछि प्रशासनले बल प्रयोग गरेको थियो । लकडाउन बेलामा रुपन्देहीको सियारी गाउँपालिकाको वेथरीमा रहेको अर्घाखाँची सिमेन्टले भारतबाट निर्वाध रुपमा सामान आयात गरेको थाहा पाएपछि स्थानीयले दर्जन बढी ट्रक नियन्त्रणमा लिएका थिए ।
तर निक्कै विवादित पात्रका रुपमा चिनिने अर्घाखाँची सिमेन्टका मालिक पशुपति मुरारकाले प्रहरी परिचालन गरी स्थानीयलाई कुटपिट गर्न लगाएपछि प्रहरी र अर्घाखाँची सिमेन्ट बिरुद्ध स्थानीय जनता आन्दोलनमा उत्रिएका छन । राती सबै मानिसहरु सुतेको बेला भारतबाट सामान आयात गर्ने गरेको र त्यसले कोरोना संक्रमणलाई पराश्रय दिने भएकाले स्थानीयले भारतबाट सामान बोकेका दर्जन बढी ट्रक कब्जामा लिएका थिए । तर पशुपति मुरारकाको ठाडो निर्देनशमा आफूलाई कुटिएको भन्दै शुक्रबार स्थानीय जनता प्रहरी प्रशासन, प्रमुख जिल्ला अधिकारी र अर्घाखाँची सिमेन्टका बिरुद्ध प्रदर्शनमा उत्रिए ।
प्रदर्शनमा सहभागी एक स्थानीय यादव ठाकुरले भने, ‘लामो समयदेखि अर्घाखाँची सिमेन्टले निर्माण गरेको बाटो धुलाम्य त छदैँ थियो । धुलोले गर्दा स्थानीयको स्वास्थ्यमा नराम्रो असर परेपनि हामी सहेरै बसको थियौँ । तर कोरोनाले संसारलाई लपेटिरहेको बेला भारतबाट लकडाउनको उल्लघंन गरेर हाम्रो बस्तीलाई नै कोरोना सार्ने खतरा बढेको छ । स्थानीय प्रशासनले त्यसलाई रोक्नुको सट्टा उल्टै प्रहरी परिचालन गरी हामीलाई कुटपिट गरेको छ । त्यसकारण हामी प्रदर्शनमा उत्रन बाध्य भएका हौ ।’
त्यस्तै प्रदर्शनमा सहभागी अर्का स्थानीयले भने, ‘जिल्ला सिडियोले अर्घाखाँची सिमेन्टका मालिक पशुपति मुरारकाबाट मोटो रकम लिएर हामीलाई कुटपिट गर्न प्रहरी परिचालन गरे । जिल्ला अधिकारीले नै पैसा खाएर आफ्नै जनतालाई कुटपिट गरेर जनघाती काम गरेका छन ।’
प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्लाका सिडिओ, प्रहरी र अर्घाखाँची सिमेन्ट बिरुद्ध चर्का नराबाजी गरेका थिए भने यातायात ठप्प पारेका थिए । सिद्धार्थ नगरपालिका सिल गरेको ठाउँ भएपनि प्रशासन, भन्सार र प्रहरीसँग साँठगाँठ गरी भारतबाट सामान आयात गरेको स्थानीयले बताए । नगरपालिका सिल भए पनि अहिले अर्घाखाँची सिमेन्टले दैनिन ३५ हजारदेखि ४० हजार बोरा सिमेन्ट बेचिरहेको सूचना प्राप्त भएको छ ।
अर्घाखाँची सिमेन्टमा एमजीओको मात्रा ५ प्रतिशत भन्दा बढी भएकाले सो सिमेन्टबाट निर्माण गरिएका पूर्वाधार निक्कै कमसल हुने गरेको जानकारहरु बताउँछन । गत बर्ष अर्घाखाँची सिमेन्टमा एमजीओको मात्रा बढी भेटेपछि गुणस्तर तथा नापतौल विभागले कारबाही समेत गरेको थियो । पटक पटक कारबाहीमा पर्दा पनि अर्घाखाँची सिमेन्ट सच्चिनुको सट्टा झन उग्र बनिरहेको जानकारहरु बताउँछन् ।