लकडाउन थप्ने सरकारको निणर्य, कति दिन थपियो ?

आइतबार, ४ जेष्ठ २०७७

काठमाडौं – कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।

समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’