एकविहानै ९ जना कोरोना संक्रमित थपिए

सोमबार, ५ जेष्ठ २०७७

काठमाडौं – सोमबार विहान ९ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रौतहट र बारामा थप ९ जना संक्रमित भेटिएका हुन ।

राष्ट्रिय जनसस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परिक्षणमा रौतहटका २१, २१, २३, २५, २५, २९, ३० र २८ बर्षिया पुरुष तथा बाराका ३८ बर्षिय पुरुषमा कोरोना संक्रमित पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।