कोरोनाबाट मृत्यु भएकी महिलाको बच्चामा स्वास्थ्य समस्या, कोरोना रिपोर्ट पनि सार्वजनिक

सोमबार, ५ जेष्ठ २०७७

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशुमा जण्डिस देखिएको छ । धुलिखेल अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारका अनुसार नवजात शिशुमा जन्डिस देखिएको हो ।

‘नवजात शिशुमा देखिने जन्डिसको समस्या यी शिशुमा पनि देखिएको हो,’ डा ताम्राकारले भने, ‘अरु सबै अवस्था सामान्य छ।’

त्यस्तै, नवजात शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना नेगेटिभ देखिएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा ताम्राकारले बताए ।

‘उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ‘सबैको अवस्था सामान्य छ।’ उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन्। सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी कोभिड १९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ती हुन्।