थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

सोमबार, ५ जेष्ठ २०७७

काठमाडौं – नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी सोमबार वेलुका थक ६ जना संक्रमित थपिएको छन ।

गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

यसअघि काँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।