भारतीय दुतावासका कर्मचारीलाई देश निकाला गर्न माग

सोमबार, ५ जेष्ठ २०७७

काठमाडौं – अधिबक्ता स्वागत नेपालको नेतृत्वमा रहेको स्वातन्त्र राष्ट्रिय अभियान नेपालले भारतीय दुतावासका कर्मचारीलाई तत्काल देश निकाला गर्न माग गरेको छ । अभियानले अभियान्तालाई अनाबश्यक धम्की दिएको भन्दै तीनलाई तत्काल देश निकाला गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ ।

स्वागत नेपाल लगाएको टीमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इमेल गर्दै नेपालको भुमिबाट पछि हट्न दावाब दिएको भन्दै दुतावासका कर्मचारी महेश शर्माले धक्की दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ । गैरकानुनी रुपमा स्वागत नेपालको व्यक्तिगत विवरण संकलन गरेको, बस्ने ठाउँ र घरपरिवारको सबै विवरण आफूसँग रहेको, विभिन्न माध्ययमबाट धम्की पुर्ण इमेलहरु पठाएको भन्दै शर्मालाई तत्काल देश निकाला गर्न माग गरिएको छ ।

‘कूटनीतिक मर्यादा विपरित नेपालभित्र नेपाली नागरिकको गैरकानुनी रुपमा बैयक्तिक सूचना संकलन गरि गैरकानुनी कार्य गर्ने इण्डियन दुतावासका कर्मचारीलाई देशनिकाला गर्न हुन हनुरोध छ’ अभियानले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा लेखिएको छ । शर्मा भारतीय दुतावासको लाइवेरी प्रमुख रहेको बुझिएको छ ।