नेपालले राजनीतिक नक्सा पास गरेपछि बल्ल तात्यो चीन, दियो यस्तो प्रतिक्रिया

मंगलबार, ६ जेष्ठ २०७७

काठमाडौं – चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । उक्त विवाद दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ ।

तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’

साथै चीाले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, बाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।