भारतको लगानीमा संचालित एसवीआई बैंकको लापर्वाहीले एक जनाको मृत्यु
धादिङ – गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बेहोश भएर मृत्यु भएको छ । भारतीय लगानीमा संचालित नेपाल एसवीआई बैंकको फूलखर्क शाखाले सावधानी नअपनाउँदा ८३ बर्षिया बृद्धाको ज्यान गएको हो ।
हरेक ठाउँमा बृद्धबृद्धालाई ग्रायता दिदै लानमा बस्न नपर्ने व्यवस्था भएको भएपनि बैंकको शाखाले लामो लाइनमा धेरै समय राख्दा मृत्यु भएको हो । अत्याधिक चर्को घाम र लामो लाइनका कारण बृद्धको मृत्युृ भएको स्थानियले बताएका छन ।
गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न फूलखर्कमा रहेको एसबीआई बैंकको कार्यलयमा गएका थिए । लामो लाइनमा बसेका उनी बेहोश भई ढलेका थिए ।
बैंकमा लाम बसेका वृद्ध ढलेपछि उपचारका लागि लाँदै गर्दा बाटोृमै मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।