ट्रम्पको नेपालबारेको ट्वीटले विश्वभर तरङ्ग, नेपालमा खुशियाली भारतमा त्रास

बिहिबार, ८ जेष्ठ २०७७

काठमाडौं – यतिबेला नेपाल भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपालले आफ्नो भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले यसलाई अस्वीकार्य भनेको छ । भारतीय मिडियाहरु तथ्यहीन तरिकाले नेपालमाथि अवाञ्छित खालका आरोप लगाईरहेका छन् । जसको कुनै तुक नरहेको नेपाली विज्ञहरु बताउछन् ।

यस बिषयमा छिमेकी राष्ट्र चिनले दुई देशले आपसी समझदारीमा यो समस्याको हल गर्नुपर्ने बताएको छ । पाकिस्तानी विज्ञहरुले पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै हो भनिसकेको छ ।

यसैबीच, अहिले सामाजिक सञ्जालमा विश्व महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नामबाट चलाईएको फेक आईडीले गरेको ट्वीट भाईरल बनिरहेको छ । उक्त ट्वीटमा उल्लेख गरिएको छ, ‘सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हुन्, म प्रधानमन्त्री ओलीको पक्षमा छु ।

हामीले ट्रम्पको वास्तविक आईडी चेक गर्दा उनले नेपाल भारत सिमा विवादबारे कुनै प्रतिक्रिया दिएर ट्वीट गरेको भेटिएन् । फोटोसपबाट इडिट गर्दै बनाएको एउटा फोटो सामाजिक संजालमा भाइरल भएको छ ।

उनको यो नक्कली ट्वीटले नेपालमा खुशीयाली छाएको छ । भने भारतमा विरोध भइरहेको छ ।  यसले भारतीय नागरिकहरुमा सनसनी मच्चाएको छ । केहिले अमेरिका नेपालको पक्षमा उभिएको भन्दै त्रास उत्पन्न भएको प्रतिक्रिया दिएका छन ।

हेर्नुहोस् उक्त ट्वीटःः