डोनाल्ड ट्रम्पको गोप्य रुपमा कोरोना परिक्षण गरेको खुलासा, कस्तो आयो रिपोर्ट ?
एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको गोप्य रुपमा कोरोना परिक्षण गरिएको खुलासा भएको छ । परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ट्रम्प आफैले यसको खुलासा गरेका हुन ।
मिशिगनमा एक अटोमोटिव प्लान्टको यात्रामा जानुअघि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले पत्रकारलाई आफ्नो कोरोनाको परीक्षण भएको जानकारी दिए । परीक्षणको नतिजाबारे बताउँदै उनले भने, ‘मेरो कोरोनाको परीक्षण सकारात्मक रुपले नकारात्मक आएको छ ।’
उनले थपे, ‘निकै सकारात्मक परीक्षण भयो । आज बिहान मैले नेगेटिभका लागि सकारात्मक रुपले परीक्षण गरेँ ।’ ‘ठिक छ, आज बिहान मेरो पूर्ण रुपमा परीक्षण भयो । अर्थात्, मेरो परीक्षण नकारात्मक आयो ।’
ट्रम्पले शुक्रबार फोर्ड कारखानाको अवलोकन गर्नेछन् जसले भेन्टिलेटर्स बनाइरहेको छ । यो हप्ताको सुरुमा कम्पनीका प्रवक्ताले यो भ्रमणका बेला राष्ट्रपतिले मास्क लगाउनुपर्ने बताएका छन् ।
कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्म ट्रम्पले मास्क लगाएको देखिएका छैनन् ।
ह्वाइट हाउस कर्मचारीका केही सदस्य कोरोना भाइरसद्वार संक्रसमत पाइएका छन् जसका कारण ट्रम्प र उप–राष्ट्रपति माइक पेन्सको दैनिक परीक्षण भइरहेको छ ।
स्रोतः बीबीसी