नेपालमा अम्फान चक्रवातले पनि हार्यो, कस्तो होला आजको मौसम ?

शुक्रबार, ९ जेष्ठ २०७७

काठमाडौं – बंगलादेशको आसपासमा अवस्थित अम्फान चक्रवात कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आन्शिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको विभागको भनाइ छ।

पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।

हाल देशको पूर्वी भू–भागमा सामान्य बदली, मध्य भू(भागमा आन्शिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार देशको पूर्वी भू–भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू(भागका १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ् र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।