नेपालले चाल्यो अर्को कदम, भारतलाई ठूलो झट्का
काठमाडौं – नेपालले आधिकारीक रुपमा नयाँ नक्सालाई बैंध्यता दिनलाई संविधान संशोधन गर्ने भएको छ । यसले भारतलाई अर्को झट्का लागेको छ ।
सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
