२ आर्मीसहित २७ जनामा कोरोना संक्रमण पुष्टि
रौतहट – रौतहट र बारामा गरी थप २७ जना कोरोना संक्रमित थपिएका छन । रौतहटका २२ जना र बाराका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाराका ५ जनामध्य २ जना नेपाली सेनामा कार्यरत शैनिक रहेको बुझिएको छ । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै रौतहटमा नयाँ पुष्टि भएका संक्रमितहरु गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो । यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । मंगलबार संक्रमण पुष्टि भएकाहरुमा तीनजना बालबालिकासमेत रहेको उनले बताए ।
भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो ।