फेरी थपिए ४५ जना कोरोना संक्रमित, ३५ जना एकै जिल्लाका

बुधबार, १४ जेष्ठ २०७७

काठमाडौं – बुधबार दिउसोमात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । त्यस्तै, बाराका ८ जना र सिराहाका २ जना रहेका छन् ।