लालबन्दीमा बन्ने भयो आंखा अस्पतालको नयाँ भवन

बुधबार, १४ जेष्ठ २०७७

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा सामुदायिक आंखा अस्पतालको भवन सिलान्यास गरिएको छ । नगरपालिकाको बडा नम्बर ५ रहेको सामुदायिक आंखा अस्पताल भवन निर्माणको सिलान्यास गरिएको हो ।

नगरपालिकाका मेयर मान बहादुर खड्काले उक्त भवनको सिलान्यास गरेका हुन । सर्लाही रेडक्रस सोसाइटीको उपशाखा लालबन्दी र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सन्चालन हुने सो अस्पतालको भवन १ बर्षमा तयारी भइसक्ने छ ।

रेडक्रस सोसाइटी लालबन्दी उपशाखा उपसचिब कृष्ण भन्डारीका अनुसार जनतालाई आफ्नो सेवालाई झन प्रभावकारी बनाउन यो भवनको निर्माण थालिएको हो । सिलान्यास कार्यक्रममा रेडक्रसका आजिबन सदस्यहरु, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी लगायत सर्बसाधारण सहभागीता रहेको थियो ।