फेरी थपिए १५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ९ सय नाघ्यो

बुधबार, १४ जेष्ठ २०७७

सुर्खेत – कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा पीसीआर पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्था महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारी बताए ।

अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीको भनाई छ ।

नयाँ थपिएकासँगै कर्णालीमा संक्रमितको सङ्ख्या ३८ पुगेको छ भने देशभर कोरोना संक्रमितको संख्या ९०१ पुगेको ।