कालापानी, नालापानी र नेपाल बुझ्ने १२ सूत्र

बुधबार, १४ जेष्ठ २०७७

काठमाडौं – आगोसङ्ग खेल्ने र अरिङ्गाल्को गोलामा ढुङ्गाहान्ने भारतीय महाजनहरुले यी १२ सुत्र राम्ररी अध्ययन मनन गरेर थप अगाडि बढे राम्रो हुनेछ।

नेपाल र हामी नेपालीहरू विश्वमा कम्तिमा पनि एक दर्जनभन्दा बढी उच्च विशेषताबाट परिचित र सम्मानित छौं । ति विशेषता राम्रोसंग बुझ्ने र मनन गर्नेले बल्ल बुझ्दछ नेपाल के हो र नेपाली को हो । नालापानीको लडाई र कालापानीको अतिक्रमणलगाएत सबैको हेक्का राखेर चल्न छिमेकी ब्रह्मलुटेराहरु र नेपालीहरुलाई निरिह ठान्ने संसारका जो कोहीलाई आवस्यक छ ।

इतिहास र वर्तमानका हाम्रा सत्गुण र त्यागलार्इ बुझेपछि बल्ल आजको वर्तमानको संकटको निवारण र भविस्यको निर्क्योल गर्न सक्ने थोरै क्षमता पलाउन सक्छ ति बुझपचाउवा सपेराहरुलाई । त्यसैले सबैले देखे बुझेकै कुरा पुनःस्मरण गराउन तिनका अनुहारमा ऐना र घाँटीमा घन्टी झुण्ड्यउन्दै ती मुख्य १२ सुत्र मन्त्रहरु प्रस्तुत गर्नु वान्छनीय छ। जुन यसप्रकार छन्ः

नं १, हामी कसैको पेवा, दातव्य, दया, दान वा जी–हजुरीको भिखबाट होइन, आफ्नै बहादुरी ,कला–कौशल, उच्च मनोबल, आँट, शिप, त्याग र बलिदानीबाट आज विश्वको एकमात्र स्वतन्त्र र स्वाभिमान देश र त्यो देशका देशभक्त बहादुर शक्ति बन्न सकेका होँ ।

नं २, हामी अरुको स्वतन्त्रता र स्वाधिनतालाई हनन् र हरण गर्नु पाप र विनासको बाटो मान्दछौं । त्यसैले सदा–सर्वदा उच्चसम्मान गर्दछौं । तर आफ्नो व्यक्तिगत, सामाजिक वा राष्ट्रिय स्वतन्त्रता र स्वाधिनतालाई खोस्न, धुमिल पार्न वा हरणगर्न खोज्ने जो कोही व्यक्ति वा तेस्तो देश होस्, त्यसका बिरुद्ध
हामी सबै नेपालीको शरीरमा एक कर्ण रगत र एक औंश प्राण रहुञ्जेल सत्रुको सम्भार र समाधि नगर्दासम्म लडिरहन्छौं र जिती छाड्छौं। थोरै इतिहासको ज्ञान र शक्तिको भलो सोच्ने संसारको कसैले हाम्रो देश र हाम्रा विरुद्ध त्यो कुचेष्टा नगरोस् जहाँबाट आफ्नै निर्लज्ज हार र सर्वस्व विनास हुन्छ।

नं ३, हामी सदा अरुप्रति सहिष्णु र सम्मानभाव राख्दछौं । नजानी आजका नेपाली राजनेता भन्नेले इतिहासको विरासतलाई धोती लगाएर धर्म–निरपेक्ष्य राज्य घोषणा गरे । ता पनि हिजो सनातन हिन्दु राज्य छँदा होस् वा भोली सबै धर्म, आस्था, जात–भात, भाषा, भेष, रिति–रिवाज, परम्परा र संस्कृतिको सनातन र स्वतन्त्र न्यायानुभुतिसहित गतिविधि, सम्मान र सुरक्ष्या भएको र हुने नमुना देश नेपाल हो।

नं ४, हामी संसारमा सबैभन्दा बढी संयमित र सहनशील हौँ । र आज सम्म पनि छौं। हामीलाई विश्वका १४ मध्य आठ ओटा उच्च हिमालय चुचुरा र सर्वोच्चशिखर सगरमाथाको हावा र गौतमबुद्धको दर्शनले यो पाठ सिकाएको छ। सित्तै हामी युद्ध र दुश्मनी जो कसैसँग गर्दैनौ र गरे हार्दैनौँ। लड्नै परेमा मातृभूमि र सन्ततिहरुको रक्षार्थ बैरीलाई सिद्ध्याउनु र आवस्यक परे आफैंलाई बलि दिनु हाम्रो लोगो हो।

नं ५, यति सानो मुलुकमा यति धेरै भाषा, धर्म र शंस्कृति भएको र यति आत्मियतासहित सामाजिक जीवनयापन गरिरहेको नेपाल विश्व संस्कृतिको नमुना हो र सबैकोलागि अनुकरणीय देश हो।

नं ६, यति थोरै क्षेत्रफलमा यति धेरै जातजाति भएको देश पनि नेपाल हो । मेची देखि महाकाली र हिमालदेखि तराईसम्म हुँदै विश्वको कुनाकाप्चासम्म छरिएर रहेका आम नेपालीहरुको जात–भात र गोत्र बहुसंख्यक र उदाहरणीय छ । विपदको बेलामा हामी माहुरी र कमिलाजस्तै एकभएर बैरिका विरुद्ध खनिन्छौँ र आफ्नो र मातृभूमिको रक्षार्थ निशंकोच जीवन आहुति दिन्छौं । संसारको त्यो इज्जत, विरासत, इतिहास र वर्तमानको प्रमाण हामी केवल हौँ।

नं ७, हावा – पानी । मुख्य रुपमा जाडो र गर्मी नामका दुई मौसमबाट परिचित नेपालको हावा–पानी नै यो देश र देशवासीको जीवनको, प्रगति, आत्मा–शान्ती सुरक्षा र गौरवको अमुल्य निधि अर्थात सम्पति हो। जो संसारमा कहीं पाईंदैन। हाम्रो देशमा जुनसुकै मौसममा जुनसुकै भूगोलमा सामान्य जीवन यापन र क्रियाकलाप गर्न सक्छौं ।

नं ८, चमत्कारी प्रकृति र संरचना भएको देश नेपाल हो । एउटा सानो वडन वा गाउँ (थोरै भौगोलिक क्षेत्र) भित्रै कतै बढी होला तर प्रायः ५,६ प्रकारको जलवायु (फरकखालको हावापानी) पाइन्छ। तेइअनुसारको खेति–बाली जीवनचर्या र सम्पदाको वृद्धि विकास र तेज उन्नति र प्राकृतिक चमत्कार देख्न र भोग्न पाइन्छ। जुन संसारमा अन्यत्र निःशुल्कत के किनेर पनि पाइन्न।

नं ९, सत्धर्म, देवी–देवीदेवता र आफ्नो कुल–पितृहरु वा मिर्तात्मा (भूतप्रेत) आदिलाई प्राय सबै देशमा र सबै जातिमा थोरै धेरैमान्ने गरिन्छ। तर नेपाललाई समग्र विश्वले मन्दिरै मन्दिरको देश भनेर चिन्छ। हुन पनि संसारका सबै आस्थावान मानवजातिले आदिमकालदेखि मान्दै आएका सर्व–शक्तिमान भगवान शिव र सबै देवीदेवताहरुको जन्म, वासस्थान र खेल मैदान नेपालमै नै हो । सबै नेपालीहरुले कुनै न कुनै देवी देवता मानेकै हुन्छौं। हामी नेपाली र हाम्रो देश वा विश्वमा कुनै संकट आइपर्ने वाला छ भने नेपालीहरु प्रायले सपना देख्छौं।

हामी नेपाली र हाम्रो मातृभूमिलाई अनाखमा डाहा गर्ने, दुख दिने, छलकपट–जालझेलमा फसाउने लुट, अपहरण वा स्वतन्त्रता हरणगर्ने जो कोही व्यक्ति समुदाय वा देश त्यो स्वयम सर्वनासको बाटोमा जान्छ । त्यसैले हामी शक्तिका पुजारी र धर्मादेशका पालक हौँ। हामी र हाम्रो देश यति शक्तिसाली स्वतन्त्र र स्वाभिमान हुनमा देवत्व र पितृत्व दुवै हात र सत् छ । यस्तो शक्ति र सत् अन्यत्र कहीं छैन।

नं १०, सम्पदाका धनी छौं। हामी र हाम्रो कला र सम्पदा आजको र कसैबाट सिकेर र देखाबटी नक्कलबाट सुशोभित होइन । संसारले हामीबाट सिकेका कैंयौं उदाहरणहरु छन्। त्यस्ता कला, नमुना र पुराताप्तिक सम्पदाका धनी छौं । जो संसारमा अन्त देख्नपाइन्न र यति धेरै छैनन्।

नं ११, हामी संसारका अत्यन्तै धनी र सम्पन्न पुर्खाहरुका सन्तति हौँ । हामी आजको विश्व जगतमा आधुनिक जीवनशैली र सुख सहेलबाट केही बन्चित अवस्य हौंला । तर जे जति धन–सम्पति र आफ्नो गच्छे अनुसार साधनस्रोतका धनी छौं त्यसमा नै ठूलो खुसि र सन्तुष्टी मान्दछौं। जुन हाम्रो आत्माज्ञान र संसार बुझाइको नमुना हो । मागेर, चोरेर, छलेर र खोसेर अरुको झुट र लुटको सम्पतीले धनी र सम्पन्न हुनुभन्दा जति छ, त्यसैमा चित्त खुसि बनाइ आधीपेट खाएर भएपनि अतिथिसंस्कार, मन्दमुस्कान, कडा मेहनत, तेजिलो जोस, खलल्ल पसिना, लामो सुस्केरा, मिठो निद्रा, सत्यबोलि, दयालुमन, रुखो खानपान, खरो स्वभाव, मितव्ययी, परोपकारी, दृढ निश्चयी, सर्व बिजयी स्नेही हौँ । जो, संसारमा अरु र अन्य कोही यस्तो देश र देशवासी जात–जाती थिएनन्। छैनन्। र सायद हुनेपनि छैनन्।

नं १२, सर्वसम्पन्न नेपाल र नेपाली हौँ हामी। जल,स्थल नर्भ र गर्भ सबैमा मणिका खानीहरु छन् हाम्रो मातृभूमिमा। प्रकृतिको सुन्दरता र सुरक्षा, जल र खानीको परिपूर्णता, स्वच्छ वायु र उज्यालो आकास, हरेक उन्नति र प्रगतिको उच्च र अतुल्यनीय सम्भाबना भएको मुलुक हो यो । अवसर नै अवसर बोकेकी कर्मठ र बहादुर सन्ततिकी ममतामयी माता नेपाल र उनका वीर सन्तति हौँ हामी । अन्यत्र कोही र कहीं यस्तो अनुपम उदाहरण कसैले कुनैं जुनीमा पाएन र पाउनेछैन।

त्यसैले आउँदा सन्ततिको उज्ज्वल र सुरक्षित भविस्य अनि मातृभूमिको रक्षार्थ संकटको यसघडीमा पुनः एकपटक आजको सन्ततिले अन्तिम अस्त्र उठाउनेछौं।जुन, बुद्धि–विवेक, कला, कुटनीति, नैतिकता, एकता, आत्माज्ञान, सौर्य र रण कौशलले भरिपुर्णहुन्छ। जसले आउँदा पिंडीपुस्तालाई कुनै दिन आफ्ना देशवासी र आफ्नो मातृभूमिको चारकिल्ला सिमानामा कुनै बैरीले घृणि त के पाइला टेक्न होइन फेरोफर्को लाउन पनि नपाओस् ।