डाक्टर शेरबहादुर पुनलाई गाली गर्ने सचिवको सरुवा
काठमाडौं – डाक्टरलाई गाली गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको सरूवा भएको छ । पटकपटक विवादमा तानिएका सचिवलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा ल्याइएको छ ।
डाक्टरहरुलाई गाली गरेको भन्दै उनको चौचर्फी आलोचना भएको थियो । स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुसँग पटक–पटक विवाद भएकाले कोरोना नियन्त्रणमा समन्वय हुन गएका भन्दै उनको सरुवा गरिएको बुझिएको छ ।
नयाँ सचिवमा लक्ष्मण अर्याललाई ल्याइएको छ । कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पुगेको छैन । गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो ।
अर्याल भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।