थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । काठमाडौं । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको हो ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार नाघेको बताए । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।