रुकुम हत्याकाण : थप एक जनाको शव भेटियो

बिहिबार, १५ जेष्ठ २०७७

काठमाडौं – पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ । भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव भेरी नदीको खोचमा फेला परेको प्रहरीले जानकारी दिएको हो ।

स्थानीयले सञ्जुको शव नदीमा फेला पारेको र मुचुल्काका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको बताइएको छ । यो सँगै मृतकको संख्या ५ पुगेको छ । भेरी नगरपालिका वडा नम्बर ११ का गोविन्द शाही भने अझै बेपत्ता छन् ।

भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो ।