रास्कोट नगरपालिका बजेटको प्राथमिकतामा, प्रकाण्डको गाउँमा धेरै बजेट

शुक्रबार, १६ जेष्ठ २०७७

काठमाडौं – कालिकोट जिल्लाको रास्कोट नगरपालिका बजेटको प्रथमिकतामा परेको छ । यो बर्ष संघिय सरकारले नगरपालिकालाई ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक बर्षमा नगरपालिकाका लागि २२ करोड बढी बजेट विनियोजित भएको थियो ।

अघिल्ला बर्षहरुमा उपेक्षित हुँदै आएको रास्कोट नगरपालिकामा यो पटक जिल्लाकै दोश्रो धेरै बजेट परेको छ । नगरपालिकाले समानीकरण अनुदानमा १० करोड २८ लाख प्राप्त गरेको छ भने १६ करोड ६७ लाख सर्शत अनुदान पाएको छ ।

नगरपालिकाको विकासका लागि १६ करोड ६७ लाख रुपैयाँ अर्च हुने छ भने तलव भत्ताका लागि १० करोड २८ लाख खर्च हुनेछ । त्यस्तै ३ करोड ७० लाख विशेष अनुदान पाएको नगरपालिकाले १ करोड ३५ लाख समपुरक अनुदान पाएको छ ।

त्यस्तै, यता विप्लव नेतृत्वको नेकपाका प्रबक्ता समेत रहेका खड्गबहादुर विश्वकर्माको पालिकाले जिल्लाको सबैभन्दा धेरै बजेट प्राप्त गरेको छ । विकास निर्माणमा सबैभन्दा पछि परेको नरहरीनाथ गाउँपालिकाले यो बर्ष ३२ करोड ४४ लाख रुपैयाँ प्राप्त गरेको छ ।

पालिकाले ११ करोड ९९ लाख समानीकरण अनुदान पाएको छ भने १८ करोड ५ लाख सशर्त अनुदान प्राप्त गरेको छ । १ करोड ६० लाख विशेष अनुदान पाएको गाउँपालिकाले ८० लाख समपुरक अनुदान प्राप्त गरेको छ । यसमा प्रदेश सरकारको बजेट समावेश भएको छैन भने पालिकाले आफ्नो श्रोत अनुसारको अनुमान गरेर बजेट बढाउन सक्नेछन ।

कुन पालिकाले कति बजेट पाए हेर्नुहोस्