कालापानी पुगेर फर्किए डा. गोविन्द केसी

शुक्रबार, १६ जेष्ठ २०७७

दार्चुला – चर्चित डाक्टर गोविन्दकेसी कालापानी नजिकै पुगेर फर्किएका छन । बिहीबार कालापानीका लागि हिडेका केसी कालापानी नजिकैको गाउँ पुगेर फर्किएको बुझिएको छ ।

विगत तीन महिनादेखि सुदूरपश्चिमका बिभिन्न जिल्लामा निशुल्क सेवा दिँदै आएका केसी जेठ १ गते दार्चुला पुगेका थिए । केही समय दार्चुला जिल्ला अस्पतालमा सेवा दिएका केसी ११ गते व्यास गाउँपालिकाको केन्द्रस्थित स्वास्थ्य चौकी सुनेसरा पुगेका थिए । सुनसेरा स्वास्थ्य चौकीमा डा. केसीले दुई दिनमा एक सय ७२ जनालाई हाडजोर्नी सम्बन्धी चेकजाँच गरेका थिए ।

बुधबार व्यास गाउँपालिका–२ को दुम्लिङ्ग सामुदायिक स्वास्थ्य ईकाइमा बिरामीको चेक जाँचपछि डा. केसी बिहीबार तिङ्कर हुँदै कालापानी जाने भन्दै हिँडेका थिए । तर उनी छाङरु पुगेर फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ‘प्रहरी र स्थानीयहरुले बाटो जोखिमपूर्ण छ, नजानुहोस् भनेका रहेछन्,’ का जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदम बिष्टले भने, ‘उहाँले मान्नु भएनछ, तर आज फर्केर आउँदै हुनुहुन्छ भन्ने त्यहाँको चौकीबाट जानकारी आएको छ ।’

अप्ठ्यारो बाटो भएको उनी कालापानी जजिकैबाट फर्केको हुनसक्न प्रहरीको भनाई छ । अब कहाँ जाने भन्ने बारेमा उनले कसैलाई पनि नबताएको बुझिएको छ । डा. केसीलाई सुरक्षा दिनका लागि प्रहरी समेत खटाइएको थियो ।