लिपुलेक नेपालकै हो भन्ने गतिलो प्रमाण भेटियो, भारत अक्क न बक्क !
काठमाडौं – लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै हो भन्ने अर्को गतिलो प्रमाण भेटिएको छ । ब्रिटिश सर्भे अफ इन्डियाले निकालेको एक सय ६४ वर्ष पुरानो नक्सामा महाकाली नदीको पश्चिममा पनि एउटा कालापानी देखाएपछि नेपालका लागि गतिको प्रमाण बनेको छ ।
२४ अप्रिल १८५६ को यो नक्सामा लिम्पियाधुरा मुहान भएकै महाकाली नदी अन्तर्राष्ट्रिय सिमाना भएको देख्न सकिन्छ । नेपालले त्यही सन्धिको आधारमा जेठ पहिलो साता नक्सा सार्वजनिक गरिसकेको छ ।
१८१६ को सुगौली सन्धिमा नेपालका राजाले काली (महाकाली) पश्चिमको भूभाग दाबी गर्ने छैन भनिएको छ । यो नक्सा प्रकाशित हुने ताकासम्म भारतले सुगौली सन्धि अनुसार नै नक्सा प्रकाशित गरेको देखिन्छ ।
एक इतिहासकार महाकाली पारी बस्न आएका भारतीय सुरक्षाकर्मी तुल्सी न्युराङ (कालापानी) क्षेत्रमा आएर बसेको आशंका गर्छन् । उनी भन्छन्, ‘महाकाली पारी बस्न आएका भारतीय सुरक्षाकर्मी नेपालतर्फ आएर क्याम्प बनाएको हुनसक्छ, तर बसिसकेपछि भने त्यसलाई संधैका लागि कब्जामा लिन विभिन्न जालसाजी गरेको देखिन्छ ।’