लकडाउनभर घरमै बसेका युवकमा देखियो कोरोना

शनिबार, १७ जेष्ठ २०७७

काठमाडौँ – लकडाउनभर घरमै बसेका एक युवकमा कोरोना पोजेटिभ देखिएको छ । यात्राको विवरण नदेखिएका सोलुखुम्बुका एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिकाका २७ वर्षीय एक युवकमा बिहीबार कोभिड १९ संक्रमण पुष्टि भएको हो । ति युवक लकडाउनदेखि घर बाहिर नहिँडेका नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जनाएका छन् । उनमा ज्वरो आएपछि कोरोना परीक्षण गरिएको मेयर शेर्पाले बताए ।

ट्राभल हिस्ट्री नै नभएका ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि परीक्षणमा नै शंका लागेको मेयर शेर्पा बताउँछन् । ति युवकको पुनः परीक्षणका लागि स्वाब विराटनगर पठाइएको बताइएको छ ।

उनीसँगै अन्य २ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।