सरकारका एक मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

शनिबार, १७ जेष्ठ २०७७

काठमाडौं – पाकिस्तानका एक राज्यमन्त्रीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीले शहरयार खान अफ्रिदीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी आफैंले सामाजिक सञ्जाल ट्वीटरमा यसबारेमा जानकारी दिएका हुन् । शनिबार बिहान उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र चिकित्सकको सल्लाहअनुसार आफू घरमा नै क्वारेन्टिनमा बसेको बताइका छन् ।

पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो पारिएको छ । तर, संक्रमितको संख्या भने निरन्तर बढ्दो क्रममा छ । अहिलेसम्म पाकिस्तानमा ६७ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

स्रोत : बीबीसी