पार्टी सभापति बन्न काँग्रेस नेता शेखर कोइरालाको यत्रो राष्ट्रघात ?

सोमबार, १९ जेष्ठ २०७७

काठमाडौं – अघिपछि पार्टीको र राष्ट्रियताको सवालमा निकै ठूला कुरा गर्दै हिँड्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला भारतले मिचेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्शामा राखी नक्शा जारी गरेर नेपाल सरकारले संविधान शंशोधन मार्फत अघि बढाउने विषयमा छलफल गर्न नेपाली काँग्रेसले यही जेठ १७ गते आफ्नो धारणा प्रस्तुत गर्न केन्द्रीय समितिको बैठक बोलाउँदा उनी रहस्यमय ढंगले अनुपस्थित भई विराटनगर हानिएका थिए । त्यो विषयलाई लिएर अहिले पनि नेपाली काँग्रेस भित्र निकै चर्चा चलिरहेको छ ।

यसअघि भारतले नेपाली भूमिको नक्शा आफ्नोमा प्रकाशित गरी पार्टीका सभापति शेरबहादुर देउवाले भारतको उक्त कदम असह्य भएको अभिव्यक्ति दिँदा पनि डा. शेखर कोइरालाले सभापतिको उक्त भनाई आधिकारिक नभएको बताएका थिए ।

यसरी देशको राष्ट्रियता र स्वाभिमानमाथि प्रहरी गर्दा समेत कोइराला चुप लागेर भारतको कदमलाई साथ दिएको प्रष्ट भएको कुरा अहिले काँग्रेस बृत्तमा चर्चामा आएको छ ।

भारतको खुबिया एजेन्सी ‘र’ सँग निकै निकट सम्बन्ध भएका कोइराला यस पटक पनि भारतकै निर्देशनमा उपस्थित नभएको एक काँग्रेस नेताले नाम नबताउने शर्तमा बताए ।

यसरी चालु बैठकमा सभापति देउवाले प्रस्तावको पक्षमा बोल्न आग्रह गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल नबोले पछि केन्द्रीय सदस्य महेश आचार्यलगायतले तपाई नबोल्नुका रहस्य के हो ? भनेर प्रश्न गरेका थिए ।

स्मरणरहोस भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई उनले केही महिना अघि भेटेकासमेत थिए । यतिमात्र होइन विगतमा सामान्य कुरामा समेत आफैं विज्ञप्ति जारी गर्ने तर राष्ट्रियताको बारेमा बोल्नुपर्दा पार्टीले बोलाएको बैठकमै उपस्थित नहुने कोइरालाले कस्ता राजनीति गर्न लागेका हुन् ?

प्रतिनिधिसभाको निर्वाचनमा मोरङ ६ बाट नराम्ररी पराजित भएपछि फुर्सद भएका उनी देश दौडाहामा लागेका छन् । निर्वाचनमा नेकपाका उम्मेदवार लालबाबु पण्डितलाई चिन्दिन भनेर अन्तरवार्ता दिएपछि उनी निकै आलोचितमात्र भएनन् कोइरालाको मुख्य राजनीतिक थलो मानिने मोरङमा पनि निर्वाचनमा पराजय भोग्नुपर्यो ।

आगामी पार्टी सभापति हुने भन्दै उनी देशव्यापी दौडाहामा छन् । उनी प्रत्येक जिल्लामा पुगेर पार्टीको कार्यक्रम र कार्यकर्ता भेटघाट भन्दै भाषण दिने गरेका छन् । जिल्लाले बोलाउने भन्दा पनि उनी आफैं आउँछु भनेर जाने गरेको पनि टिकाटिप्पणी भएको छ ।