चौतर्फी विरोध भएपछि रास्कोट नगरपालिकाको बुद्धि फिर्यो, बनायो नमुना क्वारेन्टिन

सोमबार, १९ जेष्ठ २०७७

काठमाडौं – चौतर्फी विरोध भएपछि कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले क्वारेन्टिनको मोडेल परिवर्तन गरेको छ । त्रिपाल टाँगेर झारा टारेको नगरपालिकाले स्थानियको चौतर्फी विरोध पछि आफ्नो पुरानो निर्णय सच्याँदै ऐतिहाँसिक क्वारेन्टिन निर्माण गरेको हो ।

यसअघि त्रिपाल टाँगेर भारत तगायत विदेशबाट आएका नागरिकहरुको अपमान हुनेगरी क्वारेन्टिन बनाएको थियो । अहिले रास्कोट नगरपालिकाले सुविधा सम्पन्न क्वारेन्टिन निर्माण गरेको छ ।

नगरपालिकाले बस्तीबाट टाढा वडा नं ६ को पोखरीकोट, गंगाने भन्ने ठाउँमा ५ सय ५० बेडको आधुनिक क्वारेन्टाइन तयार गरेको हो ।

भारतलगायत तेश्रो मुलुकमा रहेका नगरबासीको तथ्यांक नरपालिकाले संकलन गरिसकेको छ । जसमा सबैभन्दा धेरै भारतमा रहेका छन । नगरपालिकाले पहिलो चरणमा ७४ जनाको उद्धार गरिसकेको छ भने दोस्रो चरणमा ८० जनाको उद्धार गर्ने छ ।

त्यस्तै, तेस्रो चरणमा २०० जनालाई गाउँमा भित्र्याउने योजना रहेको नगरपालिका श्रोतको भनाई छ । क्वारेन्टिामा बस्नेहरुको सुरक्षाको लागि नेपाली सेना र नेपाल प्रहरी खटिने बताइएको छ ।