३० बर्षिया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

मंगलबार, २० जेष्ठ २०७७

काठमाडौं – ३० बर्षिया गर्भवती महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाकी वडा नं ३ की स्थायी बासिन्दा गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष वडाध्यक्ष श्यामसुन्दर धिमालका अनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज आउजाउ गर्ने गर्थिन् । पछिल्लो पटक वैशाख २२, जेठ ५, ६ र १६ गते अस्पताल गएकी थिइन् ।

चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएकाले १६ गते कोभिड परीक्षणका लागि स्बाव दिइएको थियो । उनको कुनै ट्राभल हिस्ट्री छैन । त्यसैले अस्पताल आउजाउ गर्ने क्रममा कोरोना संक्रमण भएको हुनसक्छ ।