३२ जना कोरोना संक्रमित थपिए
काठमाडौं – गण्डकी र कर्णाली प्रदेशमा ३२ जना कोरोनाका संक्रमित फेला परेका छन । गण्डकी प्रदेशको बाग्लुङ, पर्वत, स्याङजा र म्याग्दीमा १६ जना कोरोना संक्रमित थपिएका छन् भने कणाली प्रदेशको सल्यान दैलेख र कालिकोटमा १६ जना संक्रमित थपिएका हुन ।
बिहीवार बागलुङमा १०, पर्वतमा ४, स्याङजा र म्याग्दीमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कालिकोटमा ६, सल्यानमा २ र दैलेखमा ७ जनाका संक्रमण भएको सम्बन्धीत प्रदेशको सामाजिक सुरक्षा मन्त्रालयले जनाएका छन ।
संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुष गरी १० जना रहेको निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशक तथा प्रवक्ता बिनोदबिन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका बर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
म्याग्दी जिल्लाको मंगला गाउँपालिकाकावर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको डा। शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
संक्रमित हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ बर्षिया पुरुष, दैलेखको नौमुले गाउँपालिकाका २५ बर्षिय पुरुष, नारायण नगरपालिका २ मा २०, २४, २५, २५, ३० बर्षिय पुरुष, दुल्लु नगरपालिकाका १७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य महाशाखाले जनाएको छ ।
त्यस्तै, कालिकोटको महावै गाउँपालिका २ का २२ बर्षिय पुरुष, महावै गाउँपाििलकाका २८ बर्षिय पुरुष, तिलापुफा नगरपालिकाका २१ बर्षिय पुरुष, पालाँता गाउँपालिका ७ का ४२ बर्षिय पुरुष, शुभकालिका गाउँपालिकाका २१ बर्षिय पुरुष, सान्नीत्रिवेणीका २० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।