क्वारेन्टाइन अनुभव, ‘बाल्यकालमा पढेको स्कूल जब सुत्ने घर बन्यो’
अछाम – यतिबेला बिश्व मानव जगतमा कोरोना भाइरस (कोभिड १९) को सन्त्रासबाट लाखौं मानिस प्रताडित छन । धेरैले अस्पतालको आइसोलेशनबाट मुक्ति वा मृत्यु प्राप्त गर्नु परेको छ ।
कसैले आफ्नै घरको एउटा कोठा वा बाल्यकालमा कखराबाट शिक्षाको पहिलो पाठ सिकाउने मन्द्रीरलाई क्वारेन्टाइन बनाई बन्दी गृहको कारागारबाट २१ देखि २८ दिनसम्मको कष्टकर जीवन विताइरहेका छौँ । हामी हार वा जितको प्रतिक्षाका लागि कोभिड १९ को सर्बोच्च अदालतमा पेशि सुनुवाइको प्रखाईमा आखा टुलुटुलु हेर्दै बसी रहेका छौं ।
राष्ट्रिय बिभुति गौतम बुद्ध र भृकुटी जस्ता महान भगवानलाई जन्माउने नेपाल आमालाई सुस्त मनस्थितिको भयावह रोगबाट ग्रसित बनाई कहिले मुक्ति दिएनन् यो देशका भरउटेहरुले । नेपाल कहिले कालापानीबाट थिचियो भने, त कहिले सुस्ताबाट मिचियो । अनि हाम्री नेपाल आमाको पिडा जिउका तिउ नै रह्यो ।
आर्थिक अभाव तथा बेरोजगारको चपेटामा परी साना लालाबाला टुलुटुलु हेरी उनको एकसरो लुगा र एक छाक टार्ने उद्येश्यले खाडी मुलुक र छिमेकी राष्ट्रहरुमा अर्काको गुलामी हुन बाध्य भएका छौं, आज हामी । परिस्थिती समयका बावजुद आफ्नो मेहनत र पसिना बगाई जेनतेन गरेर भएपनी घरपरिवार सधैं सुखि र खुशि रहोस् भन्ने द्धेयले प्रवासी हुनु परेको थियो ।
आफ्नो जीवनलाई कष्टकर, दुःख र पिडाका बेदना च्यापेर प्रवासमा विताउनु पर्ने हाम्रो बाध्यतानै हो । नेपाली दाजुभाईहरु एक छाक टार्नको लागि भारत लगाएतका अन्य मुलुकमा कष्टकर जीवन बिताई रहेको बेला चीनको बुहानबाट जन्म पाएको कोभिड १९ नामको बिसालु भाईरसले बिश्वभर सन्त्रास फैलाउन्छ भन्ने कल्पना पनि गरेका थिएनौं ।
जब बिस्तारै बिस्तारै संसार जगतमा संक्रमण कोभिडले फैलाई रहेको बेला शक्तिशाली राष्ट्रहरुमा हलचल मच्चिएको अवस्थामा हामी बस्ने घरको बन्दी गृहमा लकडाउनमा बस्न बाध्य बन्नु प¥यो । दुई महिनासम्मको लकडाउनले हामीलाई भोकमरिबाट बाट सताउँदा, कतै पसलमा सामान किन्न जाँदा पुलिसको लाठी खाइयो भने कतै कोभिडको भयावहले भोकमरीको सामना गर्नु प¥यो ।
- लेखक : ज्ञानेन्द्र बहादुर ख्वास, अछमको क्वारेन्टाइनबाट
जब दुई महिना पछिको लकडाउनमा आफ्नो आफ्नो देशको नागरिकलाई स्वदेश फरकाउने कुरा सुन्न पाउँदा मनमा केही आषा पलाएर आयो । अब एक छाक आफ्नै देशमा गएर खाना खान पाईने भयो र जिन्दगी जोगाउन सजिलो हुने भयो । विश्वास जाग्यो, अनी केही समय मन शान्ति भयो । हामी १५ जनाको रुम नजिकै बस्थ्यौं ।
हामीले अब नेपाल फर्कने निधो गरेउ । हामी बसमा ६० जना खचाखच थियौँ । लामो दुरीको यात्रा, पुरै पसलहरु बन्द साथमा बिस्कुट र नमकिनको साहाराले बल्ल बल्ल ३ दिन पछि नेपाल पुग्यौं । हामी १५ जनाको टोलीले एउटा छुट्टै किया रिजर्ब गरेउँ साथमा ल्याएको थोरै बिस्कुट र नमकिन नेपाल पुग्दा सकिएको थियो ।
जब हाम्रो घर पुग्न धनगढीबाट ९ घण्टा समय फेरी बिताउनु पर्ने थियोे । हामी अत्तरिया हुँदै पहाड लाग्यौं । तर हरेक पसलहरु सुनसान थिए, पानीको साहाराले भोक मार्यौ । बल्ल राति १० बजे चौखुट्टे पुग्दा प्रहरीले हामीलाई छोडेन । हामीलाई बिहाना ६ बजे छोड्यो । अनि हामी अछाम तिर लाग्यौं । बल्ल ७ बजे हामीलाई गाडिले सम्बन्धित स्थानमा पुगायो ।
हामी त अच्चम पयौँ । हामी २१ दिनसम्म हाम्रो घर जान नपाउने रहेछौँ । हामी सबैलाई, बाल्यकालमा पढेको स्कुलमा राख्यो । प्रहरी, जनप्रतिनिधि ,गाउँले समाजवेवी सबै जुटेको देख्यौँ । छुट्टा छुट्टै सुत्ने ठाउँ बनाएका रहेछन । अनि खाना पाि स्कुलमा बनाउने व्यवस्था मिलाएको रहेछ । त्यो दिन बिहान घरबाट खाना ल्याएर आएका आफ्ना परिवारसँग छ मिटरको दुरि परैबाट कुरा गयौँ ।
५ दिनको गाडी यात्राको थकाईले म सुत्न गए । मेरो भागमा ५ कक्षाको कोठा परेको थियोे । म त्यो कोठाको भित्तामा टासेको कालो पार्टीमा हेरेर टोलाई रहे । विगतलाई सम्झे । बाल्यकालमा लडि बुडि खेल्दै क, ख, ग पढने स्कुलमा ५ घन्टा समय बिताउँदा र हाप छुट्टि हुदासम्म आत्तिने र छुट्टि हुँदा कुदेर जाने हामी आज आएर त्यही बिद्यालयमा २१ दिनसम्म सुत्ने घर बन्यो ।
