एकै जिल्लामा थपिए ६५ जना कोरोना संक्रमित

बिहिबार, २२ जेष्ठ २०७७

रौतहट – रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमित थपिएका छन । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एकएक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् । बिहीबार थपिएका ६५ जना संक्रमित सँगै रौतहटमा संक्रमित हुनेको कुल सँख्या ३८३ पुगेको छ ।