७१ जिल्लामा फैलियो कोरोनाभाइरस, कहाँ कति ? (सूचीसहित)
काठमाडौं – कोरोना भाइरसको संक्रमण ७१ जिल्लामा फैलिएको छ । आइतबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हु्न् ।
संक्रमित मध्य सबैभन्दा बढि कपिलबस्तुमा संक्रमित भेटिएका छन । त्यहाँ ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ । जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन् ।
यससँगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।



