फेरी चिप्लिए डाक्टर बाबुराम भट्टराई, अब के गर्लान ?

आइतबार, २५ जेष्ठ २०७७

काठमाडौं – जनता समाजबादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता जसपा ओइतबार वेलुका निर्वाचन आयोगमा दर्ता भएको हो ।

दर्ता गरेको नयाँ पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । यसअघि बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने विषयमा सहमति भएको थियो । निर्वाचन आयोग पुग्दा उनको नाम अध्यक्षको लिष्टबाट काटिएको छ । उनलाई पाँचौ बरियतामा राखिएको छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो ।