कोरोना संक्रमणबाट ६० बर्षिय पुरुषको मृत्यु

सोमबार, २६ जेष्ठ २०७७

पोखरा – नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश, स्वस्थ्य निर्देशनालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार कोरोना संक्रमणक कारण आइसोलेसनमा भर्ना भएका स्याङजाका ६० बर्षिय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

मृतक स्याङजाको वालिङ नगरपालिका स्थायी ठेगाना रहेको निर्देशनालयले जानकारी दिएको छ ।