सरकारको खवरदारी गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल

सोमबार, २६ जेष्ठ २०७७

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह फेरी सरकार विरुद्धमा बोलेका छन । उनले नेपालको भुमि मिचिएको विषयलाई लिएर सामाजिक संजाल ट्वीटरमा भुमि फिर्ता ल्याउन सरकार पछि हटेको भन्दै सरकारको खवरदारी गर्न अपिल गरेका छन ।

उनले भनेका छन, ‘सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएर एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको छ।’

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर बनाएको नयाँ नक्साका विषयमा विभिन्न कोणबाट विभिन्न राजनीतिक दलहरु सर्त राख्न थालेपछि राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा भएको छ । उनले कतै नेपालको मातृभूमि चुनावी नारामा सिमित हुने होकी भनेर चिन्ता व्यक्त गरेका छन ।

उनले लेखेका छन, ‘माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ।’